\
मुख्य समाचारसमाचार

रोक्दारोक्दै जबर्जस्ती गुठीको भवनमा विद्यालय

७ साउन, काठमाडौं । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो ।

काठमाडौँ महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए ।

नवौं शताब्दीदेखि पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कूलले भवन बनाउन लागेको हो ।

गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठीयारलगायतले भवन भत्काइदिएका थिए ।

विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भवन बनाएको दावी गर्दै आएको छ । यो समाचार दामोदर न्यौपानेले कान्तिपुर दैनिकमा लेखेका छन् ।

Leave a Reply