\
घटनादुर्घटनामुख्य समाचारसमाचारहेडलाइन

बाढी पहिरो अपडेट: मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता, ३८ जना घाइते

काठमाडौं, ३० असार । बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन् । हालसम्म ३० जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, ३८ जना घाइते भएका छन् । तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन् । देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ ।

Leave a Reply