\
राष्ट्रिय समाचारशिक्षासमाचारहेडलाइन

सांसद चौधरी र नायिका मानन्धरको एसईईको रिजल्ट भयो के ?

१२ असार, काठमाडौं । सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बी ग्रेड ल्याएकी छन् । उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

त्यसैगरी नायिका करिष्मा मानन्धरले पनि एसईईमा बी प्लस ल्याएकी छन् । काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

 

Leave a Reply