\
अन्तर्राष्ट्रिय समाचारखेलकुदसमाचारहेडलाइन

विश्वकप क्रिकेट: इङ्ल्यान्डलाई वेस्ट इन्डिजको चुनौती

एजेन्सी , ३१ जेठ । विश्वकप क्रिकेटमा आज रोज बल मैदानमा साँझ ३ः१३ बजेदेखि  घरेलु टोली इङ्ल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् ।

सन् १९७५ र १९७९ को विश्वकप उपाधि चुमेको वेस्ट इन्डिज सदाबहार टोली हो । वेस्ट इन्डिजमा एक सय एक ब्याट्सम्यान छन् । यसैगरी सँधै बलियो छबि बनाएको इङ्ल्यान्डले अहिलेसम्म विश्वकप उपाधि चुम्न नसकेको छैन ।

आजको खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई बलियो चुनौती दिनेछ । यी दुवै टोलीको यो चौथो खेल हो ।

इङ्ल्यान्डले यसअघि उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो ।  यसैगरी वेस्ट इन्डिजले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हाराएको थियो ।

Leave a Reply