बंगलादेशसँग दक्षिण अफ्रिका २१ रनले पराजित
एजेन्सी, २० जेठ । विश्वकप क्रिकेटमा दी ओभल मैदानमा आइतबार राति भएको खेलमा बंगलादेशसँग बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिका २१ रनले पराजित भएको छ
अफ्रिका यसअघि पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो ।
बंगलादेशले दिएको तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ९ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए ।