\
घटनादुर्घटनामुख्य समाचारसमाचार

चट्याङमा एकको मृत्यु

विदुर, २९ वैशाख । नुवाकोटको म्यागङ्ग गाउँपालिका-४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ । रासस

Leave a Reply