\
अन्तर्राष्ट्रिय समाचारसमाचार

लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या

त्रिपोली, २७ बैशाख । इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।

साभा शहरको प्रहरी स्रोतले घाड्वामा बिहानीपख भएको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएको र केही युवालाई अपहरण गरिएको बताउनुभयो ।

प्रहरीले स्थानीयबासीका धेरैवटा निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी गरिएको जनाएको छ । आइएस समूहले घाड्वा शहरमा रहेका हफ्तार समूहका लडाकूहरुका घरहरुमा आक्रमण गरिएको दाबी गरेको छ ।

दक्षिण लिबियाको सबैभन्दा ठूलो शहर साभालाई पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तारका सेनाले कब्जामा लिइराखेका छन् ।(रासस/सिन्ह्वा)

Leave a Reply