\
अन्तर्राष्ट्रिय समाचारसमाचारहेडलाइन

लिबियामा जारी हिंसामा ३९२ को मृत्यु

त्रिपोली, २० बैशाख । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ ।

साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ ।

डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ । (रासस/सिन्ह्वा)

Leave a Reply