‘सफ्टवेयर फ्रीडम डे’ एन.सि.आई.टी. कलेजमा मनाइँदै
फ्री सफ्टवेरको वार्षिक उत्सवको उपलक्ष्यमा विश्वव्यापी रूपमा मनाइने ‘सफ्टवेयर फ्रीडम डे’ आउँदो शनिवार नेपालमा पनि मनाइने भएको छ। फ्री सफ्टवेयरमा जनचेतना जगाउने लक्ष्यका साथ सुरु भएको ‘सफ्टवेयर फ्रीडम डे’ सन् २००४ देखि मनाइँदै आइएको छ।
नेपालमा एन.सि.आई.टी. कलेज, बालकुमारी, ललितपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाइने यो उत्सवमा सुचना- प्रविधि क्षेत्रका चर्चित् व्यक्तित्व महाविर पुनको विशेष आतिथ्य हुने आयोजकको भनाई छ। नि:शुल्क प्रवेशमा सहभागिता जनाउन सकिने यो दिवसमा सुचना-प्रविधि क्षेत्रसँग सम्बन्धित व्यक्ति, शिक्षक र विध्यार्थीहरु निकै उत्साहित भएको पाइएको छ ।