\
घटनादुर्घटनामुख्य समाचारसमाचार

नदीमा दुई युवक बेपत्ता

१ वैशाख, राजापुर । बर्दियाको गेरुवा (कर्णाली) नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाँके कोहोलपुरका १८ वर्षीय दीपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्ज्वल कोइराला रहेका छन् ।

मधुवन नगरपालिका– ३ स्थित कोठीयाघाट पुलदेखि ५०० मिटर उत्तरतर्फ पौडी खेल्ने क्रममा गहिरो भागमा पुग्दा डुबेको हुनसक्ने र बेपत्ता दुवै युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply