काभ्रेपलाञ्चोक सेवा समाज कतारको नेतृत्वमा नारायण विष्ट
चैत ११, उदयपुर ।बिभिन्न रोजगारको शिलसिलामा खाडी मुलुक कतार पुगेका काभ्रेलीहरुको समूह काभ्रेपलाञ्चोक सेवा समाज कतारको नेतृत्वमा नारायण विष्ट चयन भएका छन् ।
मार्च २२ का दिन कतारमै समाजको दोस्रो अधिवेशनबाट बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा भरत बडाल, द्धितीय उपाध्यक्ष सागर अधिकारी र उपाध्यक्षमा कान्छामान श्रेष्ठलाई चयन गरेको समाजले जनाएको छ । यस्तै महासचिवमा रुपकुमार श्रेष्ठ, सचिवमा रमेश सापकोटा, कोषाध्यक्षमा हरिशरण पण्डित र सहकोषाध्यक्षका लागि नेत्र वाईबाको नामले सर्वसम्मती पाएको छ ।
त्यसैगरी समाजको अन्य सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्रराज भारती, नारायण संजेल, राजन ढुंगाना, ज्ञानमान लामा, अमित परियार, उद्धव रावत, सविन तामाङ, हर्कबहादुर तामाङ र अर्जुनबहादुर पुलामी रहेका छन् । अधिवेशनकै क्रममा संस्थाको स्मारिका बिमोचन गरिएको थियो । त्यस्तै सामाजिक क्षेत्रमा बिभिन्न समय पु¥याएको सेवा तथा योगदानको कदरस्वरुप माउण्ट एभरेष्ट सेवा समाजलाई सम्मान गरिएको थियो ।