\
राष्ट्रिय समाचारसमाचार

साक्षरता कार्यक्रम चलाउँदै शुभतारा

२७ फागुन, काठमाडौँ । ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको नवनिर्मित विद्यालय भवनमा सामुदायिक पुस्तकालय स्थापनाका साथै साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरिएको विद्यालयका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले जानकारी दिनुभयो । आगामी चैत २ गते विद्यालयको स्थापना दिवसमा मेला आयोजना गरी सङ्कलित रकमबाट विपन्न र असहाय विद्यार्थीका लागि छात्रवृत्तिका लागि सहयोग गरिने उहाँले जानकारी दिनुभयो । विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित शिक्षा दिएको उहाँले जिकिर गर्नुभयो । (रासस)

Leave a Reply