\
राष्ट्रिय समाचारसमाचार

राष्ट्रिय महिला महासंघको वार्षिकोत्सव सम्पन्न

२४ फागुन, काठमाडौं । राष्ट्रिय महिला महासंघकी अध्यक्ष बिन्दु केसीले अब राष्ट्रवादी महिलाहरुको आन्दोलन अब आफ्नो अधिकारको लागि, आफ्नै देशभित्र सम्मान पाउनको लागि रहेको बताएकी छन् ।

१०९औं अन्तर्राष्ट्रिय नारी दिवससँगै राष्ट्रिय महिला महासंघको पहिलो वार्षिकोत्सवमा निकालिएको र्यालीलाई सम्बोधन गर्दै आफ्नै देशभित्र श्रीमान, श्रीमती, छोराछोरी र बुहारीसँग बसेर काम गरिखाने बातावरणको संघर्ष शुरु गरिएको बताइन ।

राष्ट्रवादी केन्द्र नेपालको केन्द्रीय कार्यालय थापाथलीवाट शुरु गरिएको उक्त र्याली माइतीघर मण्डेलामा कोणसभा गरि समापन भएको आयोजकले जानकारी दिए ।

उक्त र्यालीमा ६ सय जनाको महिला दिदीबहिनीहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिए ।

Leave a Reply