\
राष्ट्रिय समाचारसमाचार

एक सय पैंतीस प्रहरी दीक्षित

१७ फागुन, विराटनगर । प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् । विसं २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १३५ जनाले २१९ दिन सङ्गठनको परिचय, सुरक्षा, प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका थिए ।

सो अवसरमा प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक केदार रिजालले उत्कृष्ट हुने तालीमका सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वोपरी हितमा कार्य गर्न निर्देशन दिनुभयो । तालीममा पुरुषतर्फ राजेन्द्र ताजपुरिया र महिलातर्फ लक्ष्मीकुमारी थारु उत्कृष्ट हुनुभएको थियो ।

यसैगरी चाँदमारीमा मोनराम राई शारीरिक व्यायाममा अजय राई, प्रहरीयुक्ति तथा कारबाहीमा आशिष लिम्बू र अध्ययनमा आदित्यमणि तिवारी प्रथम हुनुुभएको थियो । तालीम केन्द्रको ५३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकूद कार्यक्रमको समेत आयोजना गरिएको थियो । (रासस)

Leave a Reply