\
अन्तर्राष्ट्रिय समाचारसमाचार

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

१५ फागुन, कायरो । इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे स्टेसनमा ठूलो आगलागी भएको र यसमा अन्य २० जना घाइते भएका छन् ।

आगलागी परी २० व्यक्ति घाइते भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । (रासस/एएफपी)

Leave a Reply