प्रधानमन्त्रीद्वारा राष्ट्रवासीलाई सम्बोधन : आउँदा वर्ष उपलब्धिमूलक–२
२ फागुन, काठमाडौं ।
– पेट्रोलियम पदार्थको ढुवानीमा हुने गरेको चुहावटलाई नियन्त्रण गर्न भारतबाट आउने सबै विन्दुहरुमा पेट्रोलियम ट्याङ्करहरुको लकिङ प्रणाली लागूभइसकेको छ ।
– गएको माघ ३ गते चोभारमा कन्टेनर फ्रेट डिपो निर्माण कार्यको शिलान्यास भएको छ । आजैबाट हरेक नेपालीलाई विद्युतको शेयरधनी बनाउने लक्ष सहित ‘नेपालको पानी– जनताको लगानी’ कार्यक्रम शुरु भएको छ ।
– मैले प्रतिनिधिसभामा सम्बोधन गर्दा केही दर्जन परियोजनाको शिलान्यास र उद्घाटन माघ महिनाभित्र भइसक्ने बताएको थिएँ । त्यहाँ प्रस्तुत गरिएका विवरण म यहाँ दोहा¥याउन गइरहेको छैन ।
– एकजना शुभचिन्तकले गर्नु भएको प्रश्न याद आइरहेको छ– तपाईंलाई सुन्दा मुलुकमा केही भइरहेको महसुस हुन्छ । तर तपाईंले जे भनिरहनु भएको छ नि, हो त्यसलाई अरुहरुले किन पत्याइरहेका छैनन् त?
– प्रश्न गहिरो हो । अरु भनेका को र कस्ता हुन् मैले जिज्ञासा राखिनँ । एउटा प्रतिप्रश्न गरेँ– खाली भाँडो थियो,त्यसलाई मैले आधा भरेँ । म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरु त्यसैलाई आधा खाली भनिरहेका छन् त कसरी स्पष्ट पारौं?
– हाम्रो एउटा अनौठो बानी छ, ९÷९ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको ३ महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने र ९ औं महिनामा सरकार फाल्ने । यस्तो बानी परेका हामीहरुलाई सरकारले कामै गरेर एक बर्ष कटायो भन्दा पनि अनौठो लागेको हुनसक्छ भन्ने म अनुमान गर्न सक्दछु । आज जे जे प्रश्नहरु म सुनिरहेको छु, ती ‘नौ–महिने’ अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि? यदि यस्तै हो भने– विनम्र अनुरोध गर्दछु, बानी फेरौं । नयाँ बानी पारौं ।
– पदार्थले चेतना दिन्छ । बस्तु नदेखि त्यसको आकार आँकलन कमैले मात्र गर्न सक्छ । त्यसैले पनि हुनसक्छ नेपालमा पानीजहाज, जल परिवहन र रेल यातायातको चर्चा गर्दा ‘यस्तो पनि भन्ने’ जस्ता प्रश्न उठे ।
– हवाइजहाजले यस धर्तीलाई परिक्रमा गरेको ग¥यै छ । समुद्रमा जहाज कुदेको कुदै छ, नदीहरुको बाटो हुँदै तिनीहरुले फन्को मारिनै रहेकाछन् । हामी पनि चलाऊँ न भन्दा सपना मात्रै किन ठानिन्छ?
– के यी हाम्रा योजनाहरु, नारायण गोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘… त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भने जस्तो हो र?
– आज विहान मात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ । त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो । भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला–‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि?’म पनि ठट्टा गरौं? ‘त्यो टिकट काट्ने अड्डा हैन । नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खवर मैं गरौंला ।’
– यो एक वर्षमा हाम्रो छिमेक नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको कुरा धेरथोर आमसञ्चार माध्यमहरुले पनि चर्चा गरेकै छन् । ‘सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता’को नारामा नेपालले आप्mनो परराष्ट्र सम्बन्ध सुमधुर बनाएको छ । विश्वमा देखिने गरी आप्mना भनाई अघि सार्दै सन्तुलित परराष्ट्र नीति अघि बढाएको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास र आकर्षण बढेको छ ।
– यस वर्ष सम्माननीय राष्ट्रपतिज्यूको कतार र पोल्याण्डको भ्रमण भयो । त्यहाँ पनि लगानीकै कुरा भयो । सम्माननीय उपराष्ट्रपतिज्यू सत्रौं पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुभयो ।
– मेरो भारत भ्रमण र भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ। दुईमुलुक बीचका केही थाती रहेकासमस्याहरू समाधान हुँदै गएका छन् । सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनले गति लिएको छ। दुई देशबीच कृषि, रेलमार्ग र अन्तरदेशीय जलमार्गका क्षेत्रमा सहयोग अघि वढाउने सहमति हुनुका साथै थप सहयोगका क्षेत्र विस्तार भएका छन् ।
– मेरो चीन भ्रमणको अवसरमा चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भएका महत्वपूर्ण भेटघाट एवम् वार्ताबाट रेल्वे, कनेक्टिभिटी र ऊर्जा क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा सहयोग आदान प्रदान गर्ने विभिन्न १४ समझदारी तथा सम्झौता भएका छन् ।
– यस वर्ष मैले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरेँ । विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकार र दीगो विकासलगायतका विषयमा नेपालको धारणा राखेँ । हामी आफैँले नेतृत्व गरेको मौलिक प्रकृतिको शान्ति प्रक्रिया आधारभूत रुपमा टुङ्गिएको मैले स्मरण गराएँ । नेपालको यो अनुभव, द्वन्द्वमा फसेका मुलुकहरूका लागि अनुकरणीय सन्दर्भ हुनसक्ने विश्व जनमत रहेको मैले पाएँ । द्वन्द्व व्यवस्थापन, शान्ति प्रक्रिया, विशिष्ट प्रकृतिको निर्वाचन प्रणाली र अन्त्य भएको राजनीतिक संक्रमणकाल जस्ता प्रगति दुनियाँलाई आश्चर्य नै पार्ने प्रकृतिको मैले पाएँ ।
– यसै विषयलाई लिएर उटपट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न÷लेख्न जान्ने, आपूmलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरु बाट । अघि बढिरहेको आप्mनो मुलुक ओरालो लागेको र स्वाधीन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने यस्तो प्रवृत्ति देख्दा दुःख लाग्छ ।
– कोष्टारिकाको औपचारिक भ्रमणबाट त्यस मुलुकसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ । सान होसेमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौतामा नेपाल पक्ष राष्ट्र बन्यो । यस भ्रमणका अवसरमा मैले संयुक्त राष्ट्रसंघको युनिभर्सिटी फर पिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेँ । नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएँ। विश्वविद्यालयले नेपालको प्रधानमन्त्रीलाई सम्मान ग¥यो ।
– यसै वर्ष श्रीलंका र म्यानमारका राष्ट्रपति, बंगलादेश, पाकिस्तान, कम्बोडिया र थाइल्याण्डका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभयो । द्विपक्षीय सम्बन्ध विस्तार गर्ने क्रममा परराष्ट्रमन्त्रीस्तरमा भारत, चीन, पोर्चुगल, वेल्जियम, लक्जेम्वर्ग, अष्ट्रिया, जापान र संयुक्त राज्य अमेरिकाको भ्रमण भएको छ ।
– काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलन सम्पन्न भयो ।
– म यहाँ भ्रमणहरुका विवरण उल्लेख गरी समय खर्चन चाहन्न । यत्ति चाहिँस्पष्ट पार्न चाहन्छु– यी भ्रमणहरु मार्फत नेपालले आप्mना विषयहरुमा दुनियाँलाई प्रष्टाउने मौका पाएको छ ।
– नेपाल मानवअधिकार परिषद्को एसिया तथा प्रशान्त क्षेत्रको संयोजकमा छनौट भएको छ। संयुक्त राष्ट्र संघीय विभिन्न संस्थाहरुमा सदस्यका लागि हुने निर्वाचन÷पुनःनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको छ ।
– सेन्ट किट्स एण्ड नेभिस, रुवान्डा, माडागास्कार र सुरीनामसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
दिदीबहिनी, दाजुभाइहरु,
– समग्र आर्थिक क्षेत्रको अवस्थाले हामीलाई खिन्न तुल्याउँदैन । म आँकडा बोल्न रुचाउँदिन तर कतिपय तथ्यलाई मिथ्यको रुपमा बङ्याइएकोले विगतमा उल्लेख गरिएका केही पक्ष यहाँ चर्चा गर्नु सान्दर्भिक ठान्दछु ।
– चालु आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत छ । यस आर्थिक वर्षको अन्त्यसम्म आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि हुनेमा विश्वस्त हुन सकिन्छ । धेरैलाई आश्चर्य लाग्नेगरी यस आर्थिक वर्षको ६ महिनामा औसत महंगी ४.२ प्रतिशतमा सीमित छ ।
– यहीँनेर ‘महंगी अचाक्ली बढ्यो । के यही दिन देख्न हामीले लोकतन्त्र ल्याएका थियौं?’ जस्ता तर्क गर्नेसँग थोरै सम्वाद गर्न चाहन्छु । बेसाहा सस्तो छ, ज्यालाबाट ब्रम्हाण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छुर ? तर तुलना त हिजो र आजको बीचमा हुनुपर्ने होला नि? तपाईंहरु नै भन्नुस् न त, अहिले औसत मुद्रास्फिति ४.२ प्रतिशत छ, गत साल कति थियो? यो मुद्रास्फिति स्वभाविक सीमा भित्र छ कि छैन?
–कम्पनी दर्ताको संख्या २६.७ प्रतिशतले वृद्धि भएको छ । उद्योगको क्षमता वृद्धि भएको छ । औद्योगिक उत्पादनको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी २८.३ प्रतिशतले बढेको छ । औद्योगिक गतिविधिमा विस्तार भएको छ।
– औद्योगिक वस्तु, निर्माण सामग्री र पूँजी निर्माणमा सहयोग पुग्ने वस्तुहरूको आयात ३२.१ प्रतिशतले बढेको छ । श्रम सम्वन्धमा सुधार आएकोले औद्योगिक गतिविधिको विकास र विस्तारमा नवप्रवर्तन र दक्षतामा वृद्धि भएको छ ।
– बैंक तथा वित्तीय संस्थाहरूवाट प्रवाह हुने कर्जा तथा लगानी २०.३ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा भएको कर्जाको प्रवाह पनि २४.१ प्रतिशतले बढेको छ ।
– सन् १९९८ मै नेपालले १० लाख पर्यटक भित्र्याउने सपना देखेको थियो । त्यो सपना, २१ वर्षपछि बल्ल यसपाली पूरा भएको छ । पर्यटक आगमन ३२.५ प्रतिशतले बढेको छ । बढ्दो पर्यटकीय आगमन र पर्यटनको क्षेत्रमा भएका थप विस्तारसँगै सेवा क्षेत्र विस्तार भएको छ ।
– बाघको संख्यामा वृद्धि भएपछि संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल भएको छ ।
– २०७५ पुस मसान्तमा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । त्यसैले नेपालको विदेशी विनिमय संचिति सुविधाजनक अवस्थामा रहेको छ ।
– यस बर्ष किसानले समयमै मल पाए । यो एक बर्षमा २ हजार हेक्टरमा थप सिंचाई सुविधा उपलब्ध गराईएको छ । कृषकहरुलाई आवश्यक उन्नत बीऊ सहज रुपमा उपलब्ध गराईएको छ ।
– धानको उत्पादन गत वर्ष भन्दा यस वर्षमा ८.९ प्रतिशतले बृद्धि भएको छ । मकैको उत्पादन ३.५ प्रतिशतले बृद्धि भएको छ । तरकारी उत्पादन १६.५प्रतिशतले वृद्धि भएको छ ।
– खाद्यान्न संकट हुने डोल्पा, मुगु, हुम्ला लगायतका दुर्गम जिल्लाहरुमा १ लाख ३ हजार १४५ क्विन्टल खाद्यान्न पु¥याइएको छ । कृषि मन्त्रालय भन्छ, यसवर्ष कुनैपनि ठाउँमा खाद्यान्न संकट हुन पाएन ।
– विदेशबाट फर्केका र शिक्षित वेरोजगार युवाका लागि २ लाख रुपैयाँका दरले युवा किसानलाई अनुदान उपलब्ध गराइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत कृषि यान्त्रीकरणमा जोड दिन १९ वटा कष्टम हायरिङ सेन्टर निर्माण गरिएको छ । थप २५ वटा निर्माण भैरहेको छ । साना किसानहरुको सावा र ब्याज समेत गरी एक अर्व ३२ करोड रुपैयाँ ऋण मिनाह गरिएको छ ।
दिदी बहिनी तथा दाजुभाइहरु,
– तपार्इंहरुलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु– छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?
– युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत १७ हजार युवा स्वरोजगार भएका छन् ।
– गएको वर्षको यो ६ महिनाको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा ३९.१ प्रतिशतले कमी आएको छ । तर विप्रेषण आप्रवाह भने ३०.२ प्रतिशतले बढेको छ । कुल गार्हस्थ्य उत्पादनमा आएको वृद्धिले आन्तरिक रुपमा समेत रोजगारी सिर्जना भएको सन्देश दिन्छ ।
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ वटा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको छ । सबै प्रदेशबाट श्रम स्वीकृति र वैदेशिक रोजगार सम्वन्धी सेवा प्रवाहको कार्य थालिएको छ । विदेश जान श्रम स्विकृतिकै लागि काठमाडौं आउनै पर्ने वाध्यता हटेको छ । वैदेशिक रोजगारीबाट फर्किएका तीन वर्ष ननाघेका कामदारहरुका लागि न्युन व्याजदरमा ऋण उपलब्ध गराउन २० हजार व्यक्तिको निवेदन संकलन गरिएको छ ।
– रोजगारदाता तथा ट्रेडयुनियनहरुको आपसी सहमतिमा निजी क्षेत्रका कामदारको न्यूनतम पारिश्रमिकमा३९ प्रतिशतले बृद्धि गरिएको छ ।
– गएको मंसिर ११ देखि योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रमहरू शुरु गरिएको छ। यस योजनामा हालसम्म रोजगारदाताका ९ सय ५० प्रतिष्ठानहरू दर्ता भएका छन् र दर्ता कार्य निरन्तर भइरहेको छ ।
– सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनबाट कामदारको वर्तमान र भविष्य सुरक्षित गरिएको छ । श्रमिक अनुकुल औद्योगिक वातावरण निर्माण हुँदै गएकोले बन्द हड्तालको स्थिति अन्त्य भएको छ ।
– हिजो दिउसो मैले प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन गरेँ । यसले कामको खोजीमा रहेका शीप भएका वा नभएकाहरुको विवरण तयार गर्छ र हाम्रो संविधानमा उल्लेख भए बमोजिम रोजगारीको हक उपलव्ध गराउन सरकारलाई सहजीकरण गर्छ । यी अभियानहरु हाम्रा काम तथा रोजगारीसँग जोडिएका कार्यक्रम हुन् ।
– सरकारले काम गर्छु भन्नेलाई सहुलियतपूर्ण ऋण तथा व्याज अनुदान उपलब्ध गराउने कार्यक्रम शुरु नै गरिसकेको छ । विभिन्न ७ विधामा ३ लाखदेखि ५ करोडसम्म ऋण प्रवाह शुरु गरेको छ । काम पनि नभएका, रोजगारीको अवसर समेत नपाएकालाई सकेसम्म न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने, रोजगारी दिन नसके निश्चित मापदण्डका आधारमा बेरोजगार भत्ता दिने व्यवस्था मिलाइएको छ ।
– फेरि पनि केही हल्ला त रहीरहने छ । यस्तो हल्ला गर्नेहरु रोजगार बिनाको रोजगारी र परिश्रम बिनाको पारिश्रमिक पाउने झुण्ड मात्रै हुन्।
– यस वर्ष ३०९ वटा खानेपानी योजना निर्माण भए । विभिन्न आयोजनाहरुबाट खानेपानी थप ६ लाख सेवाग्राहीको पहुँचमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गरी शीघ्र सम्पन्न गर्ने प्रयास जारी छ ।
– स्वास्थ्य बीमा कार्यक्रम ३६ जिल्लामा लागू भएको छ । सरकार गठन अघि करिब ७ लाख रहेको बीमित संख्या अहिले झण्डै १५ लाख पुगेको छ । दक्षिण एसियामै नेपालले पहिलोपटक रुबेला रोग नियन्त्रणको प्रमाणपत्र पाएको छ ।
– शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना अभियान कार्यक्रमबाट २ लाख ५४ हजार थप विद्यार्थी विद्यालय भर्ना भए । देशभरका १२० स्थानीय तहहरुले विद्यालय उमेर समूहका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेका छन् । सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे । यस वर्ष पनि समयमै पाठ्यपुस्तक पुग्दैछ । लगातार २ वर्ष समयमै पाठ्यपुस्तक पुगेको यो दोस्रो वर्ष हो ।
– एक वर्ष अघि मैले पदबहाली गर्दा दुई बर्ष भित्रमा सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने घोषणा गरेको थिएँ । सीटीईभीटीले यो वर्ष मात्र १०१ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय स्थापना गरेको छ । सीटीईभीटीकै दाबी छ, इतिहासमा यति धेरै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएको यो पहिलोपटक हो ।
– भूकम्पपछिको पुनर्निर्माणले यो वर्ष गति लियो । ६६ हजार ८७५ जनाले पहिलो किस्ता, ३ लाख ३२ हजार ४५५ जनाले दोस्रो किस्ता र ३ लाख १४ हजार ५०२ जनाले तेस्रो किस्तावापतको रकम पाएका छन् । १ हजार ७२ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
– सबै स्थानीय तहसम्म ब्रोडव्याण्ड कनेक्टिभिटी विस्तारको क्रममा हालसम्ममा १ हजार ३७१ वटा वडा कार्यालय, १ हजार ४६० वटा सामुदायिक माध्यामिक विद्यालय र १ हजार ६३ वटा स्वास्थ्य केन्द्रमा दुई बर्षसम्मका लागि निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।
– सूचनालाई एकीकरण गरी कामलाई सहज बनाउन अनलाईन पे–मेण्ट, लाइसेन्स, मालपोत, प्यान नम्बर, कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष, राहदानी, पञ्जीकरण जस्ता कार्य र कार्यालय एउटै सञ्जालमा जोड्ने अभियान जारी छ । हेलो सरकार मार्फत गुनासा सम्बोधन र अनुगमन पोर्टल मार्फत अनुगमनको पनि अनुगमन गर्ने कार्यहरुसँगै डिजिटल नेपाल अभियानलाई अघि बढाइएको छ । नागरिक अधिकार एप मार्फत सरकारी सेवामा नागरिकको सरल पहुँच पु¥याउने काम शुरु गरिएको छ ।
– मैले घोषणा गरेको छु– ‘म आपूm भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ कसैले यसलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्दैछ । बुझेहुन्छ– भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन ।
– अहिलेसुशासनका संयन्त्रहरु क्रियाशील भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरु आज क्रुद्ध छन् । भ्रष्टाचार गर्न तम्सिनेहरु तर्सिएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चाहार्नेहरु मुर्मुरिएका छन् । अनौठो लाग्छ, तिनै व्यक्तिहरु देशमा सुसाशन भएन भन्दै मिडियामा झुल्किन्छन् ।
– फेरि पनि उही गीत सुन्छु– भ्रष्टमाथि कारबाही खै? तथ्यमा जाऔं– राजस्व चुहावटका ४९ र विदेशी विनिमय अपचलनका ३३ गरी ८२ मुद्दामा ८ सरकारी कर्मचारीसहित ९९ ब्यक्तिहरूमाथि७ अर्व ६२ करोड ८२ लाख ५२ हजार रकम बिगो र जरिवाना माग सहित मुद्दा दायर गरिएको छ ।
– अवैध हुन्डी कारोबारमा संलग्न ३३ जनालाई ५ अर्व ९१ करोड ६ लाख ९६ हजार विगो कायम गरी त्यसको तेब्बर जरिवाना र ३ वर्षसम्मको कैद मागदावी सहित मुद्दा दायर गरिएको छ ।
– अवैध सुन तस्करीको भयावह आपराधिक मनोबृत्ति र अपराधको श्रृंखलामा संलग्न अपराधीहरुको संगठित सञ्जाल ध्वस्त पार्ने कार्यले ठूलो सफलता पाएको छ । कायम भएका ७५ जना प्रतिवादी मध्ये ४६ जना पक्राऊ परेका, ३१ जना फरार रहेका र ३४ जनालाई अदालतबाट पुर्पक्षको लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरूको चल÷अचल सम्पत्ति रोक्का गरिएको छ ।
– सम्झौता अनुरुप, समयमा काम नगर्ने, कम गुणस्तरको काम गर्ने विभिन्न २९ कम्पनी, फर्म र निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको छ ।
– सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन गरी शान्ति र सुरक्षाको व्यवस्थालाई सुदृढ बनाइएको छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– महत्वाकांक्षा उच्च, डेलिभरीसुस्त भयो, विकासको हल्लाभयो–अविकास हात लाग्यो, प्रतिलोकतान्त्रिकरणको प्रक्रियामा यो सरकार सहायक भयो जस्ता भूमीबिनाको आरोप र टिप्पणी पनि नसुनिएको हैन ।
– निरंकुश व्यवस्था अन्त्य र लोकतन्त्र स्थापनाको संघर्षका क्रममा कष्टकर जीवन विताउँदा पनि मेरो हृदयमा एउटा बेग्लै चित्र थियो ।
– त्यति बेला मेरो हृदयमा रहेको त्यो चित्र अहिले “समृद्ध नेपाल र सुखी नेपाली”को रुपमा प्रकट भएको छ ।
– मैले बारम्बार भन्दै आएको छु– नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु हुन्छ । समयको सीमा हुन्छ । मान्छेको ज्ञानको सीमा छ । सामथ्र्यको पनि सीमा हुन्छ । तर मैले भन्दै आएको छु– इमानको कुनै सीमा हुन्न । निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।
– चुनावी परिणामबाट हामीले राजनीतिक स्थायित्व प्राप्त गरेका छौं, त्यो संसद र अन्य जननिर्वाचित निकाय मार्फत अभिव्यक्त छ । अब हामी आर्थिक स्थायित्व तिर अग्रसर छौ । हाम्रा चुनौती के के हुन् मात्र होईन को को हुन् भन्ने पनि हामीलाई राम्रैसँग थाहा छ, । कतिलाई यही स्थायित्व अभिसाप वनेको हुनसक्छ । त्यसैले राजनीतिक स्थायित्बलाई तेजवोध गर्न कृतिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत छन् । समृद्ध नेपाल निर्माणको यस तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै आएका छौं, र तोड्दै जानेछौं पनि ।
– सरकार निष्ठापूर्वक काम गर्दैछ । यो वर्ष हामीले आधार खडा गरेको छौं । आउँदा वर्षहरु उपलव्धिका बर्षहरुहुनेछन् । पाँच बर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्र मार्फत हामीले व्यक्त गरेको प्रतिवद्धता पूरा ग¥यौं है भन्नेछौं । त्यतिबेला तपार्इं हामीले देख्ने सपना अर्कै हुनेछ ।
–––