\
समाचार

महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि बर्खास्त ( दिल्ली )

भारतको राजधानी दिल्लीमा नयाँ शक्तिका रुपमा उदाएर सरकार बनाएको आम आदमी पार्टीका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स स्क्यान्डलमा फँसेका छन्। उनको स्क्यान्डलको भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्री केजरीवालले उनलाई बर्खास्त गरेका छन्।

बर्खास्त गरिएका मन्त्री सन्दीप कुमार उनै हुन् जसले गत वर्ष हरेक बिहान उठेर आफ्नी स्वास्नीको खुट्टा ढोग्ने गरेको दावी गरेका थिए। गत वर्ष मार्च ८ मा महिला दिवसमा आयोजित एक कार्यक्रममा उनले यस्तो दावी गरेका थिए। उनले त्यसो भन्दा पूरै हल तालीले गुन्जिएको थियो।

उनी दिल्ली सरकारका महिला र विकास मन्त्री थिए। बुधबार राति साढे ८ बजे टि्वट गर्दै मुख्यमन्त्री केजरीवालले उनलाई बर्खास्त गरेको घोषणा गरेका थिए।

एक अज्ञात व्यक्तिले बुधबार साँझ एक चिट्ठीसहित सिडी न्युज च्यानलहरुलाई पठाएका थिए। त्यसमा लेखिएको थियो, महोदय मलाई खास सूत्रहरुबाट एक भिडियो र केही फोटोहरु प्राप्त भएको छ जो दिल्लीका मन्त्री सन्दीप कुमारको हो। ९ मिनेटको भिडियो र ११ आपत्तिजनक फोटो त्यो सिडीमा थियो।

केजरीवाल क्याबिनेटबाट बर्खास्त हुने यी तेस्रो मन्त्री हुन्। यसअघि नक्कली डिग्रीको आरोपमा जुन २०१५ मा कानुन मन्त्री जितेन्द्र तोमर र अक्टोबर २०१५ मा खाद्य आपूर्ति मन्त्री हसिम अहमद खानमाथि भ्रष्टाचारको आरोप लागेपछि बर्खास्त गरिएको थियो

Leave a Reply