रासपाका संयोजक रुद्रजङ् पुलामीद्वारा सोनाम ल्होछारको शुभकामना
२२ माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक नेता रुद्रजङ् पुलामीले यस ल्होछार पर्वले सामाजिक सद्भाव, भाइचारा र एकताको विकास हुने बताउनुभएको छ ।
तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै संयोजक पुलामीले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।