राष्ट्रव्यापी अभियान `मिसन साहासी´ टुडिखेलमा हुँदै
१६ माघ, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर इकाई समितिले महिला आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मिसन साहासीको नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद महानगर इकाई समितिले माघ १७, १८ र १९ गते टुडिखेलमा मिसन साहासीका नामले प्रशिक्षक प्रशिक्षण तालिम दिने भएको हो ।
स्मरण रहोस ! प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर विभिन्न जिल्लामा स्थानीय निकायहरु एंव विभिन्न संघ संस्थाहरुसंग मिली रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । समाजमा बढिरहेको लागु पदार्थको दुब्र्यसनी, महिला हिंसा न्युनिकरण गर्न, युवालाई स्वरोजगार र स्वावलम्वन बनाउन सामाजिक कुरीति, विसंगती र अन्धविश्वास जस्ता विषयलाई हटाउनका लागी विद्यार्थी परिषदले विभिन्न प्रशिक्षण र जागरण अभियानको आयोजना गर्दै आइरहेको छ ।
देशभर बढिरहेको महिला हिंसा र दुब्र्यावहारलाई निश्तेज पार्दै नारी सम्मान , सुरक्षा र आत्मसम्मानको वातावरण निर्माण गर्न मिसन साहासीको नामले प्रशिक्षणात्मक कार्यक्रम गर्न गईरहेको यस परिषद्ले प्रारम्भिक कार्यक्रम गैंडाकोटबाट सुरुवात गरेको थियो ।
मिसन साहसीमा छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैँ गर्न सक्ने गरी वैचारिक र शारीरिक क्षमता अभिवृद्धि गर्ने गरि प्रशिक्षण गराइने प्राज्ञिक विद्यार्थी परिषद्ले जानाकारी दिएको छ ।
मिसन सहासी : आत्मरक्षा र आत्मविश्वासका लागि एक संकल्प
प्रत्येक नारी आफैमा एक पूर्णता हुन् । उनमा सुन्दरता, दया, करुणा, शक्ति साहस, सामथ्र्य, सहनशीलता र सिर्जनाको शक्ति छ जसको माध्यमबाट उनी आफ्नो रक्षाका लागि आफैं सक्षम छिन्, तर वर्तमानमा दिनप्रतिदिन सुनिने नकारात्क घटना, व्यवहार र हिंसाको कारण नारीहरुको आत्मविश्वास कमजोरी बनेको हो कि भन्ने आभााष भइरहेको देखिन्छ । तसर्थ प्रत्येक नारीलाई साहसी बनाउन र आफूभित्रको त्यो साहसलाई आफ्नो रक्षाका लागि सदुपयोग गर्न सक्ने क्षमताको विकासका लागि यो मिसन साहसी कार्यक्रमको योजना देशभर गरिएको हो जसको माध्यमबाट छात्राहरुलाई आफ्नो रक्षाका लागि आवश्यक पर्ने आत्मरक्षा सम्बन्धि केही व्यवहारिक सिपहरु सिकाउदै मुख्यतः उनीहरुमा आत्मविश्वासको वृद्धि र सक्षमता प्रदान गर्ने संकल्पका साथ यो विशेष कार्यक्रमको आयोजना गरिँदैछ ।
उद्देश्य :
१. उद्देश्यहरूलाई भयमुक्त बनाउँदै जस्तोसुकै परिस्थितिमा पनि आत्मरक्षा गर्न सक्षम बनाउनका लागि यो राष्ट्रव्यापी अभियान हो ।
२. प्रत्येक छात्रालाई आफूमाथि हुन सक्ने दूव्र्यवहार र हिंसाबाट बच्नका लागि आवश्यक पर्ने आधारभूत आत्मरक्षा सम्बनधी सीपहरुको प्रशिक्षण दिने ।
३.नारी भित्र रहेको उर्जा, क्षमता र साहसलाई पुनः जागृत गराउने ।
४.प्रत्येक नारी स्वयंमा सक्षम र सवल छन् भन्ने सकारात्मक सन्देश देशभर प्रवाह गर्ने ।
५. नारीहरू आफ्नो सुरक्षा र स्वावलम्बनका लागि स्वयं सक्रिय र योग्य छन् भन्ने विचारको सञ्चार गराउने ।
६. नारीहरूको सुरक्षा र सम्मानलाई सबै नागरिकको प्रतिष्ठा र सम्मानको रूपमा विकास गर्न ।
कार्यक्रम :
१. नारी माथि हुन सक्ने दुव्र्यवहारका परिस्थिति र त्यसप्रतिको सचेतनाका लागि अभिमुखीकरण गर्ने ।
२. चुनौतिपूर्ण र कठिन परिस्थितिमा आफ्नो सुरक्षा आफैं गर्नका लागि आवश्यक आत्मरक्षा सम्बन्धि शारीरित्र प्रशिक्षण प्रदान गर्नै ।
३. अभियान मार्फत नारी/छात्राहरूमा आत्मविश्वासको विकास गराउँदै आत्मरक्षाका लागि साहस वृद्धि गराउन वैचारिक प्रशिक्षण प्रदान गर्ने ।
४. देशभर नारी शक्ति प्रदर्शन एवम् साहसिक छात्रा सम्मेलन गर्दै महिला माथिको दुव्र्यवहार र हिंसा रोक्नका लागि र गलत प्रवृत्तिको अन्त्यको लागि नारी जागरणको सन्देश दिँदै नारीहरुलाई संगठित गर्ने ।