मनिश श्रेष्ठको “जुनको सितलता” गीतको भिडियो सार्वजनिक(भिडियो सहित)
१० माघ, काठमाडौं । गायक तथा मोडेल मनिश श्रेष्ठको स्वरमा रहेको “जुनको सितलता” गीतको भिडियो सार्वजनिक भएको छ ।
मनिशको आफ्नै संगीत र अभिनय रहेको यस गीतमा एलिशा तामाङ र एलिशा राईले साथ दिएकी छन् । संमु शेर्पाको शब्द रहेको यस गीतमा निर्देशन भने मनिश आफैले गरेका छन् ।
विभिन्न कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारितामा बेला-बेलामा हरेक अनौठो काम गर्दै आएका छन् ।
मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन् ।
उनी विभिन्न कार्यक्रमहरुमा सम्मानित हुँदै आएका छन् । उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् भने पाँच दर्जन भन्दा वढी गीत गाईसकेका छन् ।
हेर्नुहोस् भिडियो: