\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

डा. केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

८ माघ, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा. गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई गम्भीरपूर्वक लिएर वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।

आयोगको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उहाँको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १४ दिनदेखि अनशनरत हुनुहुन्छ । (रासस)

Leave a Reply