\
समाचार

कामका लागि महिला विदेश जानुपर्दैन : अध्यक्ष शर्मा

२ पुस, गोदावरी । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित ‘आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा आयोगको प्रयास’ विषयक पुस्तक सार्वजनिकीकरण गर्दै उहाँले नेपाली महिला विदेशमा कामका लागि जाँदा विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । “नेपाली चेली शोषणमा परेको समाचार दिनानुदिन बढ्दै गएकोले किन महिलाहरु कामका लागि खाडी मुलुक जान चाहनु हुन्छ,” उहाँले भन्नुभयो, “शोषणमा परेर तपाईं चेलीहरु विदेशमा नबस्नुहोस् ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशराज दाहालले नेपालमा खुला सिमानाका कारण महिला घरेलु कामका लागि दलालको फन्दामा परी भागेर विदेश जाने क्रम बढ्दो रहेको बताउनुभयो । आयोगले त्यसमा कडा ध्यान दिनु जरुरी रहेको दाहालले बताउनुभयो । मन्त्रालको आँकडानुसार हाल ३० देखि ३५ लाख हाराहारीमा नेपाली वैदेशीक रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शाखा खोल्न लागेको उहाँले जानकारी दिनुभयो । (रासस)

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले आप्रवासी कामदारले परिवारसंँग प्रत्यक्ष सम्पर्क गर्न सूचनाको हकको व्यवस्था हुनुपर्ने बताउनुभयो । विगतका वर्ष वैदेशिक रोजगार विभागमा ११ हजार मुद्दा परेको बताउँदै चापागाईं भन्नुभयो, “यस वर्ष निकै मुद्दा घटेको छ ।”

Leave a Reply