\
अन्तर्राष्ट्रिय समाचारसमाचार

रुसका एक प्रहरीद्वारा ५६ जनाको हत्या

२४ मङ्सिर, मस्को । रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ ।

यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् ।

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् ।

रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ । (रासस/एएफपी )

Leave a Reply