\
राष्ट्रिय समाचारसमाचार

सवारी दुुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुुःख व्यक्त

७ मङ्सिर, काठमाडौँ । नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा. के. आइ. सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो भने २६ जना घाइते भएका थिए ।

यसैबीच आज दार्चुुलामा मिनिबस दुुर्घटना हुँदा दुुई जनाको मृत्युु हुनुुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि काँग्रेसले दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बस दुुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुुभएको छ । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुुभएको छ ।

काँग्रेसद्वारा भत्र्सना

नेपाली काँग्रेसले सुनसरीको दुहवी नगरपालिका–९ का फिदाहुसेन मियाँको हत्याको भत्र्सना गरेको छ ।

आज काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्दोष व्यक्तिलाई दिनदाहाडै गोली हत्या गर्दा प्रहरी प्रशासनले तत्काल कुनै कारवाही गर्न नसक्नु र समयमै सूचना दिँदासमेत अपराधी पक्राउ गर्न नसक्नुले मुलुकमा दण्डहीनता बढेको जनाइएको छ ।

अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न र जनताको जीवधनको सुरक्षा गर्न काङ्ग्रेसले सरकारसँग मागसमेत गरेको छ । अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र मृतक मियाँलाई शहीद घोषणा गर्न तथा आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति गर्न काङ्ग्रेसले सकारको ध्यानाकर्षण गराएको छ ।

मियाँको यही मङ्सिर ५ गते बिहान सुनसरी दुहवी नगरपालिका–९ रानीगाउँ नजिकै अज्ञान समूहले गोली हानी हत्या गरेको थियो । (रासस)

Leave a Reply