\
राष्ट्रिय समाचारसमाचार

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम

३ मङ्सिर, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।

विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न सङ्घ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल र भारतका बहुभाषिक कवि, सायर एवं सायराको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष अंसारीले बताउनुभयो ।

मुसायरा कार्यक्रममा विभिन्न भाषाभाषीले आ–आफ्ना भाषामा गीत, गजल, सायरी, चुट्किला, कविता, साहित्य वाचन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली, हिन्दी, उर्दू, अरबी, फारसी, मैथिली, भोजपुरी, उराँव, थारूलगायतका भाषामा गीत, गजल, सायरी, चुट्किला, कविता, साहित्य वाचन भएको आयोजक संस्थाका महासचिव सुशील ठाकुरले बताउनुभयो ।

Leave a Reply