गुणीय चक्रको १४ औंं संस्करण भोलिदेखि
१४ कात्तिक, काठमाडौँ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४औंं संस्करण भोलिदेखि काठमाडौँस्थित ग्यालक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा आयोजना हुने भएको छ ।
क्वेष्ट नेपाल (क्वालिटी सर्कल इन एजुेकेशन फर स्टुडेन्ड पर्सनालिटी डेभलपमेन्ट)द्वारा आयोजित तीने दिने सो कार्यक्रममा देशभरका ९० विद्यालयका एक हजार दुई छात्र/छात्राले भाग लिने छन् । साथै अमेरिका, स्वीट्जरल्याण्ड, भारतका शिक्षाविद्को समेत सहभागिता रहने छ ।
विद्यार्थीको गुणीय चक्र (एस क्यु सि)ले उनीहरुलाई सर्वगुण सम्पन्न बनाउन सहयोग गर्दछ । नेपालमा सन् १९९९ देखि निजी विद्यालयले यसलाई भित्र्याएका थिए । विशेषरुपमा गुणीय चक्र पठनले विद्यालय तहका छात्र/छात्रालाई आफ्नो पठनलगायत अतिरिक्त क्षेत्रमा चलाख बनाउन सहयोग पु¥याउँछ ।
कार्यक्रमका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले कार्यक्रममा देशका उत्कृष्ट छात्र÷छात्राले छ महीना लगाएर तयार पारेका अध्ययन र प्रतिवेनलाई पेश गर्ने जानकारी दिनुभयो ।
साथै सिर्जनात्मक चित्रकला, कथा, हिज्जे, हाजिरी जवाफलगायतका विभिन्न खेलकूदका कार्यक्रमसमेत सञ्चालन हुने छन् । पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार गीता राणा तथा सदस्य मोहनबहादुर कार्कीले कार्यक्रमले छात्र/छात्राको बहुपक्षीय क्षमतालाई उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।(रासस)