श्रीलङ्काको राजनीतिक संकट संसदबाट समाधान गर्न सभामुखको आह्वान
१३ कात्तिक, कोलम्बो । श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गर्नु भएको छ ।
सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिनु भएको हो ।
संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उहाँको भनाई छ ।
गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक सङ्कट सुरु भएको हो ।
उहाँले बाहलवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई हटाएर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।
राष्ट्रपतिले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपनि सभामुख जयसुरियाले पूरानै प्रधानमन्त्रीलाई मान्यता दिनु भएको छ । उहाँले नयाँ प्रधानमन्त्रीको नियुक्ति नमिलेको तर्क गर्नुभएको छ ।
संसद बैठक तत्काल बोलाएर संसदमा जसले बहुमत पु¥याउछ, त्यसैलाई प्रधानमन्त्री मान्नु पर्ने उहाँको भनाई छ ।
श्रीलङ्कमा अहिले प्रधानमन्त्रीबाट अपदस्त गरिएका विक्रमासिङ्घे र नयाँ नियुक्त गरिएका राजापाक्षे दुवैले आफु नै प्रधानमन्त्री भएको दावी गर्दै आउनुभएको छ ।(रासस/सिन्ह्वा)