\
अन्तर्राष्ट्रिय समाचारसमाचार

संसारबाट अस्ताए माइक्रोसफ्टका सहसंस्थापक पावल एलन

३० असोज, अमेरिका । माइक्रोसफ्टका सहसंस्थापक पावल एलन हिजो सोमबार ६५ वर्षको उमेरका मृत्यु भएको छ । बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्टको स्थापना गरे । उनी क्यान्सरसंग लडिरहेका थिए।

उनको परिवारद्वारा जारी बिज्ञप्तिमा उनकी बहिनीले भनिन “पावल एलन सबै स्तरमा एक असाधारण व्यक्ति थिए । अधिकांश मानिसहरू एक प्रविधिविज्ञ मान्छन, तर मेरो लागि उनी सबैभन्दा राम्रो भाइ र मित्र थिए।”

माइक्रोसफ्ट संस्थापक बिल गेटसले ट्विट गर्दै पाँल एलन उनको सबै भन्दा प्रिय र पुरानो साथी भएको भन्दैं उनको मृत्युले आफु स्तब्ध भएको प्रतिकृया दिएका छन । उनले एलन नभएको भए आज संसारमा व्यक्तिगत कम्प्युटर (पीसी) को अस्तित्व असंभव भएको गेटसले बताएका छन । पावलले व्यक्तिगत कम्प्युटरको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। (एजेन्सी)

Leave a Reply