काँग्रेस नेता बास्तोलताको निधन
२८ असोज, काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।
ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।
विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो ।(रासस)