\
राष्ट्रिय समाचारसमाचार

प्रदेश सरकारद्वारा खटाइयो टोली

२२ असोज, नेपालगञ्ज । प्रदेश नं ५ को सरकारले कृषि अनुदान योजनाबारे जानकारी दिन र किसानको व्यावसायिक फार्मको विवरण सङ्कलन गर्न बाँके, बर्दियालगायत जिल्लामा छुट्टाछुट्टै टोली खटाएको छ ।

प्रदेश सरकारले कृषि आधुनिकीकरणका लागि किसान अनुदान कार्यक्रमअन्तर्गत रु ३० करोड बजेट विनियोजन गरेको छ । अनुदान दिने र लिने प्रक्रियाबारे जानकारी दिन बाँके र बर्दियामा प्रदेश नं ५ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेलका स्वकीय सचिव सूर्य रोकायको नेतृत्वको टोली किसानको घरदैलोमा खटाइएको छ ।

टोलीले बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसँग छलफल गरी सो क्षेत्रका कृषक र फार्मका बारेमा जानकारी लिएको छ । उक्त टोलीले ती जिल्लाका सबै स्थानीय तहसँग कृषक र किसानका व्यावसायिक फार्मको जानकारी लिने बताइएको छ ।(रासस)

Leave a Reply