\
राष्ट्रिय समाचारसमाचार

कीर्तिपुर नगरको अभ्यास वर्ग सम्पन्न

१६ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल कीर्तिपुर नगर समितिले एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।

सोमबार कीर्तिपुर स्थित जनसेवा कलेजमा आयोजना गरिएको कार्यक्रममा परिषदका राष्ट्रिय सचिव छितराज न्यौपाने, प्रदेश नम्बर ५ का अध्यक्ष दीपक ढकाल र सचिव कृष्ण प्रसाद हुमागाइ तथा कीर्तिपुरमा रहेका विभिन्न सहिद स्मारक , मंगल र जनसेवा लगायतका कलेजहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिए ।

सो अभ्यास वर्गमा विद्यार्थीहरुलाइ विभिन्न विषय, परिषदको सैद्धान्तिक भुमिका, कार्य पद्धति, सामाजिक कार्यमा गर्ने कला र विद्यार्थी जीवनमा गर्नु पर्ने कार्यहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा पवन रेग्मीको नेतृत्वमा १५ सदस्यीय कीर्तिपुर नगर इकाई समिति पनि गठन गरिएको थियो ।

Leave a Reply