\
राष्ट्रिय समाचारसमाचार

उपसचिव केसी चढेको जीपमा ढुङ्घा प्रहार

१४ असोज, धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाका छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा आज ढुङ्गा प्रहार गरेको छ ।

धनगढी विमानस्थालवाट बजारतर्फ आउँदै गरेको केसी सवार बा१झ ९७०३ नं. को सरकारी जीपमा बन्दकर्ताले बोराडाँडी सडकखण्डमा दिउँसो ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

केसी सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत हुनुहुन्छ । ढुङ्गा प्रहारबाट केसी सवार जीपको पछाडिको भागको सिसामा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थानको विषयमा प्रदेशसभाले गलत निर्णय गरेको भन्दै विरोधमा दुई दिनदेखि स्थानीयवासीले धनगढीमा हड्ताल गरेका छन् । हड्तालका कारण यातायात, व्यापार व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ । प्रहरीले बन्द गराउँदै हिँडेका मध्ये सात जनालाई आज नियन्त्रणमा लिएको छ ।(रासस)

Leave a Reply