\
समाचार

डिजिटल पर्यटन प्रवद्र्धन अभियान शुुरु

१२ असोज, काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले डिजिटल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत ‘पाटा मोटो फोटो कन्टेस्ट–२०१८’ शुरु गरेको छ ।

लुकेको पर्यटकीय गतिविधिलाई उजागर गरी पर्यटनको नयाँ प्रडक्टका रुपमा विकास गर्ने उद्देश्यले नयाँ अभियान शुरु गरिएको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।

विश्व पर्यटन दिवसको ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नारालाई सार्थक तुल्याई डिजिटल प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्न अभियानले सहयोग पुग्ने उहाँको भनाइ छ ।

‘एक्सप्रोर अन दी अनएक्सप्लोर्ड टुरिजम’ भन्ने अवधारणाका साथ शुरु गरिएको यो अभियानमा प्रविधिमा सामान्य ज्ञान भएका सर्वसाधारण सबैले सहभागिता जनाउन सक्नेछन् ।

इन्टरनेट र डिजिटल क्रान्तिले विश्वलाई एक क्लिकको भरमा संसार छर्लङ्ग पार्ने आजको अवस्थामा सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यसको उपयोग गरी पर्यटकीयउपज सामग्रीको भरपूर प्रयोगमा ल्याइनेछ ।

पर्यटनको सम्भावना स्रोत बोकेका आफ्नो समुदाय वरिपरिका स्थानीय रहनसहन, परम्परागत संस्कृति, पकवान, सांस्कृतिक नृत्य, प्राकृतिक विशेषता बोकेका स्थलको तस्वीर खिच्ने र तदबारे कथा ‘स्टोरी’सहितका सामग्री सामाजिक सञ्जालको जुनसुकै माध्यमबाट पठाउन सकिनेछ । त्यसका लागि अभियानको बेवसाइट जततउस्ररउबतब।यचन।लउरएःएऋर मा आफ्ना सामग्री पठाउनुपर्नेछ ।

पर्यटकीय सम्भावना बोकेका तर ओझेलमा परेका त्यस्ता सामग्रीमध्ये हरेक महीना छनोट गरी पर्यटकीय प्रडक्टका रुपमा विकास गर्ने र त्यसमा संलग्नलाई पाटाको विभिन्न कार्यक्रममा अवसर प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत बुडालको भनाइ छ ।

यो अभियान सन् २०१८ भरी चलाइने छ । प्रभावकारिता हेरेर आगामी वर्षमा पनि निरन्तरता दिइने र यसले सन् २०२० नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउनसमेत सहयोग पुग्ने पाटा नेपालको भनाइ छ ।(रासस)

Leave a Reply