\
राष्ट्रिय समाचारसमाचार

मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति

९ असोज, नुवाकोट । ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ ।

सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको ककनी– १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताउनुभयो ।
सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको वडाध्यक्ष बलामीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply