\
राष्ट्रिय समाचारसमाचार

राससकर्मी महतोसहित आठ जना पत्रकार सम्मानित

८ असोज, वीरगञ्ज । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत राष्ट्रिय समाचर समिति (रासस) का कार्यकारी सम्पादक शीतलप्रसाद महतोसहित आठ जनालाई आज यहाँ सम्मान गरियो ।

सम्मानित हुने पत्रकारहरुमा ईश्वरचन्द्र गौतम, दीपेन्द्र चौहान, शङ्कर खतिवडा, कन्हैयालाल केसरी, श्यामराज प्रसाद यादव, पुरुषोत्तम सिंह भट्टराई र अशोक तिवारी हुनुहुन्छ ।

नेपाल प्रेस युनियन पर्साको आज यहाँ आयोजित नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उहाँहरुलाई दोसल्ला ओढाएर प्रसंशापत्रद्वारा सम्मान गरियो ।

अधिवेशनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकी संहिता (देवानी र फौजदारी) ऐनले प्रेस जगत् खुम्चिने भएकाले यसलाई तत्काल संशोधन गर्न सरकारसंग माग गर्नुभयो ।

बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले निजी विद्यालयतर्फ शिक्षक आकर्षित हुन थालेपछि पर्सा जिल्लाको शिक्षाको स्तर खस्किँदै गएको बताउनुभयो ।

वीरगञ्ज महानगरपलिका शिक्षा शाखाका अधिकृत मञ्जुर आलमसहित तीन जना कर्मचारीलाई केही दिनअघि रु एक लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको प्रसङ्गलाई कोट्याउँदै उहाँले शैक्षिक विकासको नाममा कर्मचारीले मेरो नाउँमा रु एक करोडभन्दा बढी रकम उठाएको सार्वजनिक गर्नुभयो ।

शाखाको सभापति रामनारायण कुर्मीको सभापतित्वमा सम्पनन सो कार्यक्रममा नेपाल पे्रस युनियनका अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति अजय द्विवेदी, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं. २ का सभापति दीपेन्द्र चौहान र महासङ्घका जिल्ला अध्यक्ष श्याम बञ्जारालगायतले लोकतान्त्रिक पद्धतिको आधारस्तम्भ पत्रकारिता भएकाले पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउन सम्बन्धीत सबैपक्षसंग आग्रह गर्नुभयो ।

अध्यक्षमा रामनाराण कुर्मी निर्वाचित

अधिवेशनले रामनारायण कुर्मीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विजयकुमार महतो (चौहान) र शेखरबहादुर क्षेत्री, सचिवमा लालकिशोर सिंह, सहसचिवमा सीमा श्रीवास्तव र कोषाध्यक्षमा महम्द इर्फान रहेका छन् ।

त्यसै सदस्यहरुमा राहुल गुप्ता, जङ्गबहादुर पटेल, सन्तोष रञ्जीतकार, दीपेन्द्र गिरी, अमित वर्णवाल, प्रणय साह, मनोज महतो, विश्वासरञ्जन द्विवेदी, श्रवण साह, एस के चौरसिया रहेकोे नेपाल प्रेस युनिय पर्साले जनाएको छ ।

अधिवेशनले १३ जना सङ्घीय प्रतिनिधि र १८ जना प्रदेश प्रतिनिधि सर्वसहमतरुपमै चयन गरेको छ । सङ्घीय प्रतिनिधिमा कन्हैयालाल केशरी, दीपेन्द्र चौहान, आशोक तिवारी, पुरुषोत्तमसिंह भट्टराई, शङ्कर खतिवडा, रामराज यादव, क्रान्ति साह, श्रीराम रायमाझी, अजय यादव, अलिअसगर देवान, कृष्ण खनाल, विजयकुमार महतो (चौहान) र निलिमा पौडेल रहेको युनियन पर्साले जनाएको छ ।

त्यसै प्रदेश प्रतिनिधिमा रितेश त्रिपाठी, उदय दास, सीमा श्रीवास्तव, हुकुम सिंह, प्रकास तिवारी, धिरेन्द्र बहादुर श्रेष्ठ, श्रवण साह, जितेन्द्रपुरुष ढकाल, रोशन लामिछाने, कुसुमलाल श्रेष्ठ, शेषमन पडित, कपिलदेव यादव, राम सर्राफ, विनोद पटेल, चिरञ्जीवी यादव, प्रमोद यादव र महम्द सदाव रहेको छ ।(रासस)

Leave a Reply