\
राजनीतिराष्ट्रिय समाचारसमाचार

गुण र दोषका आधारमा सरकारलाई सहयोग

८ असोज, पाल्पा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताउनुभएको छ । उहाँले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले सरकारको विरोध र सहयोग गर्ने स्पष्ट गर्नुभयो ।

नेपाल प्रेस युनियन पाल्पाद्वारा आज बिहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सरकारले समयभित्र कानून बनाउने विषयमा नेपाली काङ्ग्रेसले मद्दत गर्ने बताउनुभयो ।

यसैबीच प्रेस युनियन पाल्पाका नवनिर्वाचित पदाधिकारीले पदस्थापना गरेका छन् । युनियनका पदाधिकारीलाई पूर्वमन्त्री थापाले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।(रासस)

Leave a Reply