\
राष्ट्रिय समाचारसमाचार

विर्खबहादुरले स्थानीय सरकारबाट घर पाए

८ असोज, पाँचथर । स्थानीय सरकारले हिलिहाङ –२ का विर्खबहादुर योङहाङलाई घर बनाई दिएपछि दङ्ग परेका छन् । आर्थिक रूपले अति विपन्न परिवारका विर्खबहादुरलाई हिलिहाङ गाउँपालिकाले घर बनाइदिएर हस्तान्तरण गरेको हो ।

जनश्रमदान तथा वडा कार्यालयले छुट्याएको बजेटसहित कूल रु एक लाख २० हजारको लागतमा विर्खबहादुरका लागि घर निर्माण सम्पन्न भएको बताइएको छ । यसरीे टिन र काठले बनाइएको घर संविधान दिवसका अवसर पारेर विर्खबहादुरलाई जिम्मा लगाइएको हो । अरूका घर र ओढारमा बस्ने विर्खबहादुरले झण्डै १० वर्षपछि आफ्नै घर पाएका हुन् ।

घरको साँचो हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले बताउनुभयो । सानो छाप्रोमा बस्दै आएका हिलिहाङका विर्खबहादुरले सरकारी सहयोगमा घर प्राप्त गरेका छन् ।

विर्खबहादुरको एक तलाको घर भत्किएर छाप्रोमा परिणत भएको थियो । छाप्रोमा घाम पानी छल्ने न छानो थियो न ढुङ्गाको गाह्रो नै बचेको थियो । छिमेकीको सहयोगमा दुई छाक टार्ने विर्खबहादुर र उनकी पत्नी माया बनिबुतो गरेर केही कमाउँथे र गुजारा चलाउँथे । ७० वर्षका पति र ५० कटेकी पत्नीले गर्नसक्ने अरू केही थिएन पनि । उनीहरूलाई विगतबाटै सहयोग गर्दै आएका स्थानीय व्यवसायी मदन गौतम हिलिहाङ गाँउपालिका–३ का वडाध्यक्षमा चुनिएपछि योङहाङ परिवारको दिन फि¥यो ।(रासस)

Leave a Reply