\
राष्ट्रिय समाचारसमाचार

राष्ट्रवादी विद्यार्थीद्वारा गृहमन्त्रीलाई बुझाइयो हस्ताक्षरसहित ज्ञापनपत्र

५ असोज, काठमाडौं । राष्ट्रवादी विद्यार्थी संघले १ लाख भन्दा बढी हस्ताक्षर संकलन गरी गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापनपत्रका साथ साथै बुझाएको छ ।

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज महिनौ बितिसक्दा पनि मुख्य दोषी को भन्ने आजसम्म पत्ता लाग्न सकेको छैन । अहिलेसम्म प्रहरीले पनि कुनै प्रमाण जुटाउन सकेको छैन । पक्राउ पर्नेहरु पनि निर्दाेष सावित हुदै रिहा भएका छन् ।

निर्मला पन्त लगायत देशैभरी बलात्कार जस्ता जघन्य अपराधका घाटनाहरुप्रति ध्यानाकर्षण गराउन उपत्यकाका ३ सय वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी, शिक्षक, बुद्धिजीवी, राष्ट्रवादी व्यक्तित्वहरुद्वारा हस्ताक्षर संकलन गरी राष्ट्रवादी विद्यार्थी संघका उपाध्यक्ष ज्ञानदेव विष्टको नेतृत्वमा महासचिव सहित १७ जनाको टोलीले गृहमन्त्री बादललाई बिहिबार ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष विष्टले जानकारी दिए ।

सरकारले शिक्षा, स्वास्थ, रोजगार जस्ता आधारभूत आवश्यकता ग्यारेन्टी गरोस भन्ने माग राखी राष्ट्रवादी विद्यार्थी संघ विगत २ बर्षदेखि निरन्तर अगाडी बढदै आएको छ ।
यस्ताे छ ज्ञापन पत्र:
42227786_290956281502492_3661955400799879168_n

Leave a Reply