\
अपराधघटनाराष्ट्रिय समाचारसमाचार

सुतली बम र खुकुरीसहित पक्राउ

५ असोज, लहान । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीले शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले बताउनुभयो । पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––

Leave a Reply