\
राष्ट्रिय समाचारसमाचार

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

१ असोज, सप्तरी । कंचनपुरमा राष्ट्रिय बालदिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सर्वोदय मावि इकाईको आयोजनामा कंचनपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरुको सहभागीतामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि प्रथम ,दितिय ,तृतीय प्राप्त गर्ने क्रमश जिया सिंह ,मिहिर गुप्ता ,दिपेन्द्र पण्डित लाई ७५००, ५०००,र ३१०० र सान्त्वना प्राप्त गर्नेलाई १००० पुरस्कार प्रदान गरियो ।

उक्त कार्यक्रममा कंचनपुर नगरपालिकाका नगर प्रमुख बसन्त मिश्र ,विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट , प्रदेश नम्बर १ का संगठन सचिव राधेश्याम सेन्चुरी,विद्यालय व्यवस्थापन समिति अध्यक्ष वुद्धिसागर चौधरी ,नारान्द मल्लिकज्युले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा नगर प्रमुख वसन्त मिश्रले बालबालिकाहरुको विकासको लागी कंचनपुर नगर जस्तोसुकै सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले असल व्यक्ति बिना देश र समाजमा समृद्धि नहुने जनाउनुभयो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।कार्यक्रम विद्यार्थी परिषदका संयोजक जितेन्द्र कुमार शाहको संयोजकत्व र डिम्पल वर्माको संचालनमा सम्पन्न भएको विद्यार्थी परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी गराउनु भयो ।

Leave a Reply