\
राष्ट्रिय समाचारसमाचार

बालश्रमिकको सङ्ख्या घट्यो

२६ भदौ, रुकुम । रुकुम (पश्चिम) मा बाल श्रमिकको सङ्ख्या घटेको छ । जिल्ला बालकल्याण समितिको प्रतिवेदनमा जिल्लामा वर्षेनी बाल श्रमिकको सङ्ख्या घट्दै गएको पाइएको हो । ।

प्राप्त तथ्याङ्कनुसार जिल्लामा विसं २०७० मा दुई बालिका साहित ४१, २०७२ मा तीन बालिका २७ र २०७४मा दुई बालिका सहित १७ बालक श्रमिक रहेका मा अहिले तीनजना मात्र बालश्रमिक फेला परेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो ।

आजै गरिएको अनुगमनमा तीन बालश्रमिक मात्र फेला परेको उहाँको भनाइ थियो । ‘‘जिल्लामा बाल श्रमिकको सङ्ख्या उल्लेख्य रुपमा घट्दै गइरहेको छ, उहाँले भन्नुभयो, “४१ जनासम्म बालश्रमिक रहेको जिल्लामा उक्त सङ्ख्या घटेर तीन जनामा झर्नुलाई ठूलो उपलब्धिका रुपमा लिएका छौँं ।”

मुसिकोट नगरपालिकाको आयोजना तथा जिल्ला बालकल्याण समितिको संयोजनमा भएको आजको अनुगमनका क्रममा तीन बालश्रमिक भेटिए पनि अझै दुई–चारजना भने फेला पर्न नसकेको आशंका भएको उहाँले बताउनुभयो ।

बेला बेलामा गरिने अनुगमन, बालश्रमिक राख्नु हुँदैन भन्ने सचेतना, बालश्रमिकको व्यवस्थापन, सरोकारवाला बीच अन्तक्र्रिया, प्रचारप्रसारजस्ता कारणले बालश्रमिकको सङ्ख्या घटेको ओलीले बताउनुभयो ।(रासस)

Leave a Reply