\
राष्ट्रिय समाचारसमाचार

पिसाब घर निर्माण

१० भदौ, राजविराज । सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।

सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४÷७५ को नगर सभाबाट रु पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु आव ०७५÷७६ मा सारेर राजविराजस्थित रङ्गशालाको पश्चिमतर्फ ढोकाको छेउ, पश्चिम बस बिसौनी छेउ, नगरपालिकाको उत्तरतर्फ सडक खण्डस्थित भगवती पोखरीको छेउमा, पुरानो बारुणयन्त्रकोपश्चिमतर्फको सडक खण्ड, पवि माविको खेल मैदान र कुनौली मोडस्थित अञ्चल अस्पताल छेउमा गरी छ स्थानमा पिसाब घर निर्माण गरिएको उहाँले बताउनुभयो ।

राजविराजको मुटु मानिने गजेन्द्र चोक र दर्शन चोकमा पिसाब घर निर्माणका लागि प्रयास भइरहेको र सर्वसाधारणको बढी चाप हुने अन्य स्थानमा पनि निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिँदै नगरप्रमख यादवले ती स्थानमा पानीका लागि ट्याङकी निर्माण, सरसफाइ, हेरचारलगायतका कामहरु आउँदा दिनमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।(रासस)

Leave a Reply