एक महिनादेखि सम्पर्कबिहीन बनेका बालक फेला
८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् ।
घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिनुभयो । बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन् ।
ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
स्थानीय दलदलेस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी गस्ती टोलीले बिहीबार पूर्वी नवलपरासीबाट ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ ।
देवचुली–११ धारापानीमा उक्त टोलीले दलदले बजारतर्फ आउँदै गरेको ग१ज ४९८३ नं सावरी साधनबाट करीब एक हजार लिटर मदिरा नियन्त्रणमा लिएको थियो ।(रासस)