\
राष्ट्रिय समाचारसमाचार

श्यामप्रसाद विचार प्रतिष्ठान स्थापना

५ भदौ, काठमाडौँ । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माका नाममा ‘श्यामप्रसाद विचार प्रतिष्ठान’ स्थापना गरिएको छ ।

श्यामप्रसादसँग नजीक रहेर काम गर्नुभएका, प्रगतिशील साहित्यकार तथा कलाकारहरूको यही भदौ २ गतेको भेलाले भोजपुरका शिवकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्सीय समिति गठन गरेको हो । सो प्रतिष्ठानको उपसंयोजकमा ललितपुरकी नानीमैयाँ अधिकारी, सचिवमा भक्तपुरका कृष्णमोहन जोशी, कोषाध्यक्षमा काठमाडौँका रामकृष्ण डङ्गोल तथा सदस्यहरुमा राधा तिमिल्सिना, रामकृष्ण भण्डारी र तारानाथ जोशी एवं संरक्षकमा सम्झना शर्मा र माधुरी मानन्धर रहनुभएको छ ।

प्रतिष्ठानले श्यामप्रसादका प्रगतिशील विचार फैलाउने, उहाँका समकालीनहरूलाई सम्मान गर्ने र अप्रकाशित लेखरचना प्रकाशन गर्ने छ । सबै प्रदेशमा सङ्गठन विस्तार गरिने सदस्य भण्डारीले जानकारी दिनुभयो । राजनीतिक सङ्गठक, साहित्यकार तथा पत्रकार श्यामप्रसादको गत साल वैशाख २४ गते निधन भएको थियो । उहाँका एक सयभन्दा बढी कृति प्रकाशित छन् ।(रासस)

Leave a Reply