विद्यार्थी परिषद्ले महिला हिंसा अन्त्यको माग गर्दै मुख्यमन्त्रीको कार्यालयअगाडी दिए धर्ना
२३ साउन, धनगढि । देशमा हुँदै गइरहेको महिला हिंसा विरुद्व अन्त्यको माग गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले हिजो मंगलबार धनगढिनगरमा विशाल रयाली प्रदशन गरेको छ ।
ज्ञान शील एकतालाई आधार शिला बनाइ व्यक्ति निर्माणबाट राष्ट्र्को पुर्ननिर्माण गर्ने ध्येय राखेको नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्ले सो रयाली प्रदशन गरेको हो ।
वर्तमान समयमा नैतिक शिक्षा लागुको आवश्यकता सन्दर्भ एवं भर्करै मात्र कन्चनपुर मा भएको १३ बर्ष कि बालिकाको बलात्कार गरि हत्या गरेको र देशभर नारी सुरक्षा माथिको अवस्था प्रती आपत्ति जनाएका थिए ।
विद्यार्थीहरुले “महिलालाई सम्मान गर, नारी सुरक्षा कायम गर, नैतिक शिक्षा लागू गर, शान्ती व्यवस्था कायम गर, नेपाल आमाको जय ! नारी सम्मान सुरक्षा, देशको रक्षा दोषीलाई कारबाही गर ” जस्ता नारा लगाएका थिए ।
धनगढीको पार्कमोड बाट सुरु भएको रयाली चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो । रयालीमा विधार्थिहरुका साथै स्थानीय व्यक्ति तथा व्यापारीहरुको पनि उपस्थिती रहेको थियो ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव चन्द्र सेखर जोशिको सयोजकतामा भएको उक्त ¥यालीलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले बलत्कारीलाई कारबाहीको जोडदार माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिएका थिए । सरकारलाई खबरदारी दिँदै मुख्यमन्त्रीको कार्यालय अगाडी ३० मिनट धर्ना दिएका थिए ।