नेपाल साईकल यात्रि बानियाँलाई कृषि कलेजद्बारा सम्मान
२३ साउन, बैतडी । देशभर साईकल यात्रा गरिरहनुभएका सुनसरीका युवक ओम प्रकाश बानिँयालाई बैतडीको गोकुलेश्वरमा सम्मान तथा सहयोग प्रदान गरिएको छ ।
जलवायुका लागी नेपाली युवा सञ्जाल(एनवाईसिए) बैतडी, सुदूरपश्चिम विद्यार्थी समाज,नेपाल युवा रेडक्रस सर्कल गोकुलेश्वर र साहित्यीक मञ्च गोकुलेश्वरले बानिँयालाई गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सम्मान गरिएको हो ।
२७ बर्षे युवा बानिँयालाई यी विभिन्न संघसंस्थाले खादा,अविरसहित सम्मान गरेको जलवायुका लागी नेपाली युवा सञ्जाल(एनवाईसिए) बैतडीका अध्यक्ष प्रकाश कुमार खड्काले जानकारी दिनुभयो ।
यसका साथै कलेज परिवार,संघसंस्था तथा स्थानिय बासिन्दाको तर्फवाट सहयोग स्वरुपमा ३ हजार ९५० नगद सहयोग समेत गरिएको उहाँले बताउनुभयो ।
वि.स. २०७४ वैशाख १९ गते सुनसरीवाट साईकल यात्रा सुरु गरेका बानिँयाले देशका ७७ जिल्ला पुग्ने बताउनुभयो ।
बैतडीमा बानिँया ५७ औं जिल्लाका रुपमा साईकल यात्रा गरिरहेका हुन् । यसअघि उहाँले देशका ५६ जिल्लामा साईकल यात्रा गरिसक्नुभएको छ ।
देशका ७७ वटै जिल्लामा यात्रा गरिसकेपछी काठमाडौं पुगेर यात्रा समापन गरिने साईकल यात्री ओम प्रकाश बानिँयाले बताउनुभयो । नेपालमा शान्ति, सम्वृद्धि र स्थायित्व कायम गराउने उद्देश्यले साईकल यात्रा सुरु गरेको उहाँको भनाई रहेको छ । यसका साथै साईकलयात्रा समापन गरिसकेपछी सुनसरीको वराह क्षेत्र नगरपालिकामा अनाथ बालबालिकाको लागी बाल अनाथालय स्थापना गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।
बालअनाथालय स्थापनाको लागी यात्राकै क्रममा ६६ हजार बढी रकम संकलन गरिसकेको साईकल यात्री बानिँयाको भनाई रहेको छ ।
बैतडीमा साईकलयात्रा समापनपश्चात ५८ जिल्लाको रुपमा दार्चुला जाने उहाँले बताउनुभयो ।