\
घटनामुख्य समाचारराजनीतिसमाचार

मन्त्री महासेठद्वारा मुग्लिन–नारायणगढ सडकको स्थलगत निरीक्षण

२० साउन, काठमाडौँ   भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । 

सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उहाँले शनिबार सो सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको हो ।

तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका मन्त्री महासेठले सो सडकखण्डको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि तत्काल उपयुक्त उपाय पहिल्याउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

पटकपटक सडकमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । मन्त्री महासेठले पहिरो नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने सबै उपायको खोजी गर्नसमेत सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको हो । (रासस)

Leave a Reply