\
मुख्य समाचारराजनीतिसमाचारहेडलाइन

बिदाई भेट

१८ साउन, काठमाडौँ  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले विहिबार बिदाई भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो । (रासस)

Leave a Reply