\
राष्ट्रिय समाचारसमाचार

ह्वावेको स्मार्टफोन नोभा थ्री र नोभा थ्री आई सार्वजनिक

१३ साउन, काठमाडौं । चिनियाँ फोन उत्पादक कम्पनी ह्वावेले नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरु नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरिएका छन् ।

गत शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित एक भव्य समारोहवीच संचारकर्मी तथा कलाकारहरुको विशेष उपस्थितिमा नोभा थ्री तथा नोभा थ्री आई औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

हुवावेले मिड रेन्ज र फ्ल्यागसीपलाई मात्र पछिल्लो समयमा प्राथमिकतामा राख्न थालेको छ । यसै क्रममा विश्वमा चलेको स्मार्टफोनकामा एआइ क्यामरा अर्थात् आर्टिफिसियल इन्टेलिजन्स (एआई) प्रणालीको फिचर दुबै फोनमा देख्न पाइनेछ । अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली (एसओसी) जडित फोनमा २४ मेगापिक्सेलकोे र २ दुई मेगापिक्सेलको सेकेण्डरी क्यामरा सहित दुई रियर क्यामरा छ ।

एप्पलको आइफोन एक्सयता विश्वमा चलेको अर्को फिचर नच स्क्रीन पनि फोनमा देख्न पाइने छ । दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ । नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ भने नोभा थ्री आई किरिन ७१० एसओसी राखिएको कम्पनीले जनाएको छ । दुई फोनहरुमध्ये नोभा थ्री आईलाई कम्पनीले निकै महत्व दिएको छ । यो फोन नेपाली ग्राहकहरुले मन पराउने र बजारमा सशक्त प्रतिस्पर्धि फोनको रुपमा रहने कम्पनीको अनुमान छ ।

नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ । यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा पनि फोटो खिच्न मिल्छ । थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर राखिएको छ । ६.३ ईन्च एफएचडी प्लस २३४० गुणा १०८० रिजोल्यूसन १९.५स्९ को फुल भ्यू डिस्प्ले राखिएको फोनमा आइरिस ब्लू कलरको प्रयोग छ ।

नोभा थ्री आईमा ४ जीबी -याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ भने नोभा ३ मा र ६ जीबी -याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ । नोभा थ्री आईमा ४ जीबी -याम ६ जीबी -याम तथा १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ भने नोभा ३ मा र ६ जीबी -याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ । फोनले हाल बजारमा भएका सामसङ, वान प्लस, एमआई र ओप्पोसँग दह्रो प्रतिस्पर्धा गर्ने अनुमान छ ।

ह्वानेका उत्पादन तथा सेवाहरु एक सय ७० देशहरुमा उपलव्ध छ भने, विश्वका एक तिहाई जनसंख्याले यसको प्रयोग गर्दै आएको छ । पछिल्लो समयमा नेपालमा पनि यसको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको देखिन्छ

यस कम्पनीले भने नेपाली बजारमा विक्रीको हिसावले दोस्रो स्थानमा रहेको दावी गरेको छ ।

Leave a Reply