\
अन्तर्राष्ट्रिय समाचारघटनादुर्घटनासमाचार

हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता

९ साउन, बैंकक । दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् ।

घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन् ।

सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको घटनाका कारण ६ हजार ६ सय जना स्थानीय बासिन्दा घरबार बिहीन भएको पनि समाचारमा जनाइएको छ । (रासस/एएफपी)

Leave a Reply